esangrila-top-panasCare International


Nine Star Cargo, Thamel, Kathmandu
मुख्य पृष्ठ > खेलकुद

खेलकुद

एनसेल कप अन्तर्गत पुलिसको जित , जुमानुले गरे हृयाट्रिक

police

२० मंसिर, काठमाडौं –  एनसेल कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपाल प्रहरी र थ्रीस्टार क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको खेलमा पुलिसले जुमानु राईको हृयाट्रिकमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-० ले गोल अन्तरले पराजित गरेपछि थ्रीस्टार पनि एक खेल अगाबै अघिल्लो चरण प्रवेश गरेको हो । लगातार दुई […]

December 5, 2013

अत्याबस्यक माग – ‘वर्ल्ड कप खेल्न पाइयो, स्टेडियम चाहियो’

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा निकालिएको -याली ।

२० मङ्सिर, काठमाडौँ – ‘वर्ल्ड कप खेल्न पाइयो, स्टेडियम चाहियो’ नेपाली क्रिकेट समर्थकहरूले बुधबार राष्ट्रिय खेलाडीलाई नगरपरिक्रमा गराइरहदा सबैभन्दा धेरै यहि नारा लगाए । भर्खरै ट्वान्टी-ट्वान्टी विश्वकप पुगेर सबैभन्दा ठूलो सफलता हात पारेको टिमका सदस्यलाई नक्सालस्थित होटल क्राउन प्लाजादेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय

December 5, 2013

एकदिवसीय विश्वकप क्रिकेट छनौट खेलको तालिका सार्वजनिक

cricket_bats_stumps

१९ मङ्सिर, काठमाडौँ- सन् २०१५ मा हुनेमा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेलको तालिका आज सार्वजनिक गरिएको छ । तालिकाअनुसार नेपाल स्कटल्याण्ड र क्यानडासहितको समूह ‘ए’ मा परेको छ । आईसीसीले आज सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’ मा युएई, हङकङ र क्यानडा पनि छन् । यस्तै समह ‘बी’ मा नेदरल्याड, केन्या, नामिबीया, पपुवा न्युगिनि र […]

December 4, 2013

एकदिवसीय विश्वकप छनोटमा नेपाल स्कटल्याण्ड र क्यानडासहितको समूहमा

nepali toli

१९ मंसिर, काठमाडौं - सन् २०१५ को एकदिवसीय विश्वकप छनोटमा नेपाल स्कटल्याण्ड र क्यानडासहितको समूहमा परेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् आइएसीसीले बुधबार सार्वजनिक गरेको समूह तालिका नेपाल यूएई, स्कटल्याण्ड, हङकङ र क्यानडासहित समूह एमा परेको हो । समूह बीमा नेदरल्याण्ड, केन्या, नामिबिया, पपुवा न्यूगिनी र युगान्डा रहेका छन् ।न्यूजिल्याण्डमा हुने छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो […]

December 4, 2013

क्रिकेट टोलीलाई आज राष्ट्रिय सम्मान गरिदै

जित पछिको खुसी

१९ मङ्सिर, काठमाडौँ- ट्वान्टी–ट्वान्टी विश्वकपमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई आज नगर परिक्रमा गराइदैछ । खेलाडीको सम्मानमा राष्ट्रिय खेलकुद परिषद्ले आज खेलाडी सहित विश्वकप छनौटमा सहभागि टोलीलाई नगर परिक्रमा गराउन लागेको हो । क्यानका अनुसार बिहान साढे ११ बजे काठमाण्डुको नक्सालमा रहेको होटल क्राउन प्लाजा नक्सालबाट नगरपरिक्रमा सुरु हुनेछ । त्यसपछि दरबारमार्ग, बागबजार, पुतलीसडक, भृकुटीमण्डप, […]

December 4, 2013

मन्तव्य राख्दा राख्दै पारस डाँको छोडेर रोए…

Paras-Khadka1

१९ मंसिर, काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा पुगेको अवसरमा नेपाली टोलीको सम्मानमा आयोजना गरेको कार्यक्रममा एकाएक सन्नटा छायो । क्रिकेट टोलीका कप्तान पारस खड्काले आफूलाई सम्हाल्न सकेनन् । उनी मज्जाले रोए । प्रमुख अतिथि मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसमेत उपस्थित कार्यक्रममा अन्य पाहुनाले पनि आफूलाई नियन्त्रण गर्न सकेनन् । धेरैको आँखा भिजेको थियो । ‘म […]

December 4, 2013

जर्नी टु वल्र्डकप प्रतियोगितामा नेपाल र दिल्ली वाण्डरस क्लब भिड्दै (live)

Road_to_world_Cup_09_20131203100241

काठमाडौ, मंसिर १८ – कीर्तिपुर मैदानमा जारी जर्नी टु वल्र्डकप प्रतियोगितामा नेपाललाई दिल्ली वाण्डरस क्लबले २३६ रनको लक्ष्य दिएको छ । ४५ ओभरमा झारिएको खेलमा ४४ ओभर १ बल खेल्दै बाण्डरस अल आउट भयो । पारस खड्का, अविनाश कर्ण र शक्ति गौचनबिना खेलको नेपालका लागि यू १९ टोलीका बलर सोमपाल कामी र रामनरेश गिरीले क्रमशः […]

December 3, 2013

सहाराले सुरु गर्यो निशुल्क फुटबल प्रशिक्षण

sahara_club_pokhara

१८ मङ्सिर, पोखरा- पोखराको सहारा क्लवले निशुल्कः फुटवल प्रशिक्षण सुरु गरेको छ । यस बर्षको १२ औं आहा रारा गोल्ड कप सहित पोखरामा फुटवलका खेलाडीहरु उत्पादन गर्ने उद्धेश्यले उक्त प्रशिक्षण सुरु गरीएको क्लवले जनाएको छ । क्लवका उपाध्यक्ष हरिराम गुरुङको संयोजकत्वमा केहिदिन देखि पोखरा रंगशालाको प्रशिक्षण मैदानमा प्रशिक्षण सुरु भएको हो । प्रमुख प्रशिक्षक शम्भु […]

December 3, 2013

नेपाली क्रिकेट टोलीका प्रत्येक लाई १० लाख दिने सरकारी निर्णय

criket

१७  मंसिर, काठमाडौं  -   यूएईमा भएको विश्वकप छनोटमा हङकङलाई ५ विकेटले पराजित गर्दै अर्को वर्ष बंगलादेशमा हुने विश्वकपमा स्थान पक्का गरेको नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही १० लाख रुपैयाँ दिने भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १५ खेलाडीलाई जनही १० लाख, प्रशिक्षकलाई ५ लाख र व्यवस्थापन समूहलाई साढे ३ लाख दिने निर्णय गरेको हो । […]

December 2, 2013

एनसेल फुटबल प्रतियोगिता आजदेखि सुरु

football

१७ मंङ्सिर, काठ्माण्डौ- नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि भएको एनसेल कप फुटबल प्रतियोगिता आजदेखि राजधानीमा सञ्चालन हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सो प्रतियोगितामा ‘ए’ डिभिजनमा रहेका १४ क्लबमध्ये १२ क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । प्रतियोगितामा गत वर्षको उपविजेता रानीपोखरी कर्नर टिम (आरसिटी) र न्युरोड टिम […]

December 2, 2013

छक्कै छक्का हानिन्छ, वर्ल्ड कप खेलिन्छ – स्वागतका साथ् जोशिला नारा

parash-khadka

१७ मङ्सिर, काठमाडौं – विश्वकप क्रिकेट खेल्ने हैसियत बनाउदै नेपाली क्रिकेट टोलि आईतबार बेलुकी नेपाल फर्किएको छ | ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली घर फर्केको हो । त्रिभुवन विमानस्थलमा टोलीको भव्य स्वागत भएको छ ।

December 2, 2013

नेपाली क्रिकेट टोली स्वदेश फर्कदैं, भव्य स्वागतको तयारी

20 20 Cricket cup

१६ मङ्सिर, काठमाडौँ- विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा छनौट भएर इतिहास रचेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै छ । आज साझ ६ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको भब्य स्वागत गरिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानका अनुसार रथ यात्रासहित क्रिकेट टोलीलाई सिनामंगल, तिनकुने, बानेश्वर, माइतिघर र सिंहदरवार हुँदै उनीहरु […]

December 1, 2013

अन्तराष्ट्रिय बजारमा नेपाली क्रिकेट खेलाडीका चर्चा :

sarad veshwakar

१६ मंसिर, काठमाडौँ – सचिन तेन्दुलकर शरद भेषवाकरका लागि सर्वकालिन हिरो भएपनि उनले म्याच फिनिसिङ भने महेन्द्रसिंह धोनीको शैलीमा गरेका छन् । उनले युएई विरुद्धको खेलमा एकपटक प्रमाणित गरेर देखाएका छन् । अन्तिम ओभरमा नेपाललाई आवश्यक थियो ११ रन र क्रिजमा थिए, उनै भेषावकर । उनले लगातार दुई

December 1, 2013

सेमी फाईनलमा अफगानिस्थानसंग पराजय बेहोरेको नेपाल, युएर्इलार्इ हराउँदै तेस्रो बन्न सफल

basanta-regmi

१५ मंसिर, काठमाण्डौं । सेमी फाईनलमा अफगानिस्थानसंग पराजय बेहोरेको नेपाल, युएर्इलार्इ हराउँदै तेस्रो बन्न सफल भएको छ | टी-ट्वान्टी विश्वकप छनोट क्रिकेटको तेस्रो स्थानका लागि भएको खेलमा नेपालले घरेलु टिम युएर्इलार्इ ५ विकेटले पराजित गरेको छ ।

November 30, 2013

ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा नेपाल तेस्रो,युएई ५ विकेटले पराजित

जित पछिको खुसी

१५ मंसिर,काठमाडौं – नेपाल ट्वान्टी ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा तेस्रो भएको छ । शनिबार भएको खेलमा घरेलु टोली युएईलाई ५ विकेटले हराउँदै नेपाल तेस्रो भएको हो । टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ३१ रन बनायो । १ सय ३२ रनको लक्ष्य पच्छ्याएको नेपालले १९ ओभर […]

November 30, 2013

आइसीसी टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत नेपालले आज युएईसँग खेल्ने

१५ मङ्सिर, काठ्माण्डौ- आइसीसी टि ट्वान्टी विश्वकप छनोटअन्तर्गत नेपालले आज तेस्रो स्थानका लागि युएईसँग खेल्दै छ । सेमीफाइनलमा हिजो अफगानिस्तानसँग पराजित भएपछि नेपालले तेस्रो स्थानका लागि खेल्नुपरेको हो । हिजोको खेलमा नेपाल सात विकेटले पराजित भएको थियो । आजको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अबुधाबी खेल मैदानमा हुनेछ ।

November 30, 2013

Page 24 of 42« First...10...2223242526...3040...Last »

Worldlink Communication 

audio-sewa-esangrila-new

walk-on-water-small

Copyright 2013, Esangrila, All rights reserved

Developed   Maintained by : DesignNepal.com